पोखरामा छ्याँडु प्रशिक्षण शुरु
पाेखरा | भदौ २९, २०८०
पोखरा: तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पोखरामा बिहिवारदेखि एक महिने तमु जातिको लोपोन्मुख नृत्य छ्याँडु प्रशिक्षण शुरु गरेको छ।
उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठानले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रशिक्षक प्रशिक्षण शुरु गरेको हो।
पोखरा ११ शक्तिघाटस्थित तमु प्ये ल्हु संघमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का विखर्चीले त्हुँदु र प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले छ्ेँले बजाएर प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कुलपति विखर्चीले गण्डकीको कला, सँस्कृति संरक्षण र विकासका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सक्दो पहल र समुदायहरुसँग सक्दो सहकार्य गर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेश तमु जातिको आदिम थलो भएकाले तमु समुदायका कला, सँस्कृति, साहित्य संरक्षण, विकासका लागि प्रतिष्ठानले विशेष प्राथमिकता दिने बताउनुभयो। तमु समुदायको लोपोन्मुख छ्याँडु नृत्यको संरक्षणका लागि प्रशिक्षण उत्पादन गर्ने उद्धेश्यका साथ एक महिने प्रशिक्षक प्रशिक्षण र्काक्रममा प्रतिष्ठानले सहकार्य गरेको बताउनुभयो।
शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले प्रशिक्षण कार्यक्रम उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रदेशको विशेष जनसमुदाय तमु जातिको कला, सँस्कृति, साहित्य, गीत संगीत क्षेत्रलाई प्रथामिकताका साथ योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।
तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमुले एक महिने प्रशिक्षणले तमुहरुको लोपोन्मुख छ्याँडु नृत्य संरक्षणमा विशेष योगदान पुर्याउने भन्नुहुदै गण्डकी प्रज्ञा प्रतिष्ठानले तमु समुदायका लोपोन्मुख सँस्कृति संरक्षणमा निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजंग तमुले प्रशिक्षण कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी गराउनुहुदै स्वागत र सचिव कञ्चन तमुले संचालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न समाजहरुबाट उपस्थित छ्याँडु गुरुले छ्याँडु प्रस्तुत गर्नुभएको थियो।
शुक्रवार विहानदेखि नियमित एक महिने प्रशिक्षक प्रशिक्षणमा तीस भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिनुभयो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

